नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको हो।
बिज्ञापन
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।








