स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ।
बिज्ञापन
काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ।








