होमपेज > क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ

बिज्ञापन
बिज्ञापन

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा भारतको अररिया जोगवनी ग्राम पञ्चायत-३ बस्ने २३ वर्षीय केशव यादव, मोरङ कटहरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, विराटनगर महानगरपालिका-८ बस्ने २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।

बिज्ञापन

उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले २ जना पीडितलाई क्यानडा पठाइदिन्छु भनि विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्सएपबाट कल गरी भिसा प्रयोजनका लागि आवश्यक कागजात समेत पठाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

विभिन्न बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ जार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाउपर मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते