प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ।
बिज्ञापन

बिज्ञापन
पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास, उत्सव र व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथ भब्य रुपमा सम्पन्न भएको हो। कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यहाँहरुले गर्नुभएको उपलब्धीलाई कम्पनीले सदा सम्मान गर्ने बताए। यस पटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महा उत्सवको रुपमा रहेको बताए।

बिज्ञापन
व्यवसायीक क्षमता बृद्धिको लागि ज्ञान आर्जन र प्राप्त उपलब्धीहरुलाई हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको छ। ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यवसायीक क्षमता अभिबृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरेको थियो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटी हुनु भनेको अभिकर्ताहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए।
सम्बोधनकै क्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरुले प्रयास गरे केही असम्भव नहुने बताए। अन्य सहभागीहरुलाई सम्मानीत अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न हौसला प्रदान गरे।
उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो। कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो।







