होमपेज > भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने

भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने

बिज्ञापन
बिज्ञापन

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार बिभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चूहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।

बिज्ञापन

भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजार सोहि बस्तुको मौज्दात नै बढि हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चूनौति दिने काम भएको उनले बताए । उनले वैध व्यापारलाई प्रोत्साहन र चूहावट रोक्न भन्सार बिभागले गम्भीर भएर काम गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले गत आर्थिक बर्षको यहि अवधिको तुलना गर्दा यस आर्थिक बर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आकडा सुनेरमात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे ।

बिज्ञापन

राजस्व परिचालनमा कमी आउनुमा बिभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले राजस्व संकलन गर्ने अभिभारा संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राखे । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उने निर्देशन दिए । भन्सार क्षेत्रलाई थप आधुनिकिकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको उनले बताए । अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते