जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन्।
बिज्ञापन
आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।
बिज्ञापन
ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ।








