सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन्।
बिज्ञापन
पक्राउ पर्ने अरू व्यक्तिमा कारमा सवार सुनसरीकै रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन्।
बिज्ञापन
धरान उपमहानगरपालिका–१९, हरियाली चारकोसे जंगलबाट शनिबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ। उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी एकथान बरामद गरिएको छ।
धरानबाट रासतालतर्फ जाँदै गरेको बा४च ४३३ नम्बरको कारमा उनीहरू सवार थिए। प्रहरी जाँचका क्रममा कारमा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।








