लस एन्जलस-अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
बिज्ञापन
सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो। लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ।
बिज्ञापन
अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पुर्ण रूपमा ध्वस्त भएको छ। साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ।
जसअनुसार हलिउडका ठुला सेलेब्रेटीका पनि अर्बौ मुल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन्।








