होमपेज > कोरोना भाइरस जस्तै चीनमा फेरि फैलियो अर्को नयाँ भाइरसको संक्रमण

कोरोना भाइरस जस्तै चीनमा फेरि फैलियो अर्को नयाँ भाइरसको संक्रमण

बिज्ञापन
बिज्ञापन

कोरोना भाइरसको उद्गम विन्दु मानिएको चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ। कोरोना महामारी फैलिएको ५ वर्षपछि देखिएको यो भाइरसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ।

बिज्ञापन

नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) हो, जुन नयाँ आरएनए भाइरस हो। भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ। यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन्। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन्।

बिज्ञापन

एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ को बिरामी पनि देखिइरहेका छन्। यस्ता बिरामीको संख्या लगातार बढिरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। द स्टारको रिपोर्टअनुसार सीडीसीले पहिलेदेखि नै अस्थमा र क्रोनिक अब्ट्रक्टिभ पल्मोनरीजस्ता रोगसँग जुधिरहेका बिरामीलाई संक्रमणको खतरा बढी हुने जनाएको छ। भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्छ। सामाजिक सञ्जालमा बिरामीको भिडभाडको तस्बिर पोस्ट गर्दै भाइरस फैलिएपछि केही स्थानमा संकटकाल लगाइएको दाबी गरिएको छ। चीनले भने नयाँ भाइरस फैलिएकोबारे कुनै आधिकारिक जानकारी भने दिएको छैन। रोयटर्सका अनुसार चीनले यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ।

एचएमपीभी भाइरसको पहिचान पहिलो पटक २००१ मा भएको थियो। एक डच शोधकर्ताले श्वासप्रश्वासको रोगीको नुमना लिएर भाइरस पत्ता लगाएका थिए। यो भाइरस ६ दशकअघिदेखि रहेको बताइएको छ। यो भाइरस सबै मौसममा जीवित रहनसक्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते