होमपेज > गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

बिज्ञापन
बिज्ञापन

गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ। स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

बिज्ञापन

शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो। उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घरसमेत जलेर भएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए।

बिज्ञापन

स्थानीय र प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट पशुचौपाय तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते