होमपेज > लागूऔषधसहित कैलालीबाट ९ जना पक्राउ

लागूऔषधसहित कैलालीबाट ९ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

कैलालीमा लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ। शुक्रबार धनगढीसहित जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र लागूऔषधसहित ७ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय मोहन रानालाई ६ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ। रानाले चलाएको से४प६८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्दा हेण्डलभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरिएको हो।

बिज्ञापन

धनगढी उपमहानगरपालिका-२ कै त्रिनगर भन्सार चोकमा सुपप्र०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक धनगढी-१३ बस्ने २९ वर्षीय बाहाली राना र पछाडी सवार धनगढी-६ बस्ने ३१ वर्षीय दिपक रानालाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट पाँच सय मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, धनगढी उपमहानगरपालिका–१० को घुइयाघाटबाट २५ वर्षीय प्राभुपन रानालाई पक्राउ गरिएको छ। उनले चलाएको सु.प.प्र.०१-००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा अगाडीको भागमा लुकाइछिपाइ राखेको अवस्थामा ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका-१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ बस्ने २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल रानालाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ। उनीहरुको साथबाट ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। टीकापुर नगरपालिका-२ आखाँ अस्पताल नजिकैबाट सोही ठाउँ बस्ने २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटालाई पनि ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

बिज्ञापन

यस्तै, धनगढी उपमहानगरपालिका-३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका-८ घर भएर केदार टोलमा नास्ता पसल सञ्चालन गरी बसेका ४० वर्षीय रोशन महराको नास्ता पसलबाट लागूऔषध चरेस बरामद गरिएको छ। महराको पसलबाट ६९ ग्राम ३४० मिलिग्राम लागूऔषध चरेससहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको पसलबाट १० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरिएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते