होमपेज > सर्वोच्चको आदेशविरुद्ध दुर्गा प्रसाईंलाई फेरि थुन्ने तयारीमा सरकार

सर्वोच्चको आदेशविरुद्ध दुर्गा प्रसाईंलाई फेरि थुन्ने तयारीमा सरकार

बिज्ञापन
बिज्ञापन

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारले पुनरवलोकनमा जाने तयारी गरेको छ।

बिज्ञापन

पुस ५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि छुटेका प्रसाईंलाई आपराधिक लाभसम्बन्धी मुद्दामा फेरि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने तर्फ सरकार लागेको हो। त्यसका लागि सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्नेगरी महान्यायाधिवक्ताको कार्यालयले तयारी थालेको बताइएको छ।

बिज्ञापन

कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अर्बौं रुपैयाँ लगानी रहेको अप्रमाणीत प्रमाण र अभिव्यक्ति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

पत्रकार सम्मेलन नै गरेर प्रधानमन्त्री ओलीले कम्बोडियाको कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै प्रसाईंले अपुष्ट भिडियोको स्क्रिनसट सार्वजनिक गर्दै, विवादास्पद अभिव्यक्ति दिएका थिए। यो विषयले सर्वत्र चर्चा पाएको थियो। त्यसपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अनुसन्धानमा घरबाटै समातिएका उनी बीचमा साइबर सम्बन्धी कसुरमा ४० हजार धरौटीमा छुटेका थि ।

बिज्ञापन

तर, छुट्ने आदेशलगत्तै उनी आपराधिक लाभमा पुनः पक्राउ परे।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते