होमपेज > सन् २०२५ को लागि श्रमिकको न्यूनतम ज्याला ३० प्रतिशतले वृद्धि

सन् २०२५ को लागि श्रमिकको न्यूनतम ज्याला ३० प्रतिशतले वृद्धि

बिज्ञापन
बिज्ञापन

टर्कीले सन् २०२५ को लागि श्रमिकको न्यूनतम ज्याला ३० प्रतिशतले वृद्धि गर्ने भएको छ ।

बिज्ञापन

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार श्रमिकको न्यूनतम तलब ६३० अमेरिकी डलर पुर्‍याउने घोषणा गरेका हुन् । न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितवृद्धि हुने बताए । मन्त्री इसिखानले यो निर्णयले देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने पनि विश्वास व्यक्त गरे । यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) तलब वृद्धि प्रस्तावको सूचना समयमै नदिइएको भन्दै बैठकमा उपस्थित भएन ।

बिज्ञापन

टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्याला हुनुपर्ने माग गरेका थिए । युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएको थियो । यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा झरेको छ । यो २०२३ को जुनयताकै न्यून स्तर हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते