होमपेज > नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

बिज्ञापन

राष्ट्र बैंकले उक्त रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५ लाख गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो। राष्ट्र बैंकले एक वर्षको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो। उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर ५ पुसभित्र राष्ट्र बैंकमा बुझाइसक्नुपर्ने छ।

बिज्ञापन

राष्ट्र बैंकको रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने छ। यसैगरी खुद तरल सम्पत्ति बैैंकले तोकेको न्यूनतम सीमा कायम गरेको, कर्जारनिक्षेप अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको लगायतका सर्त पनि छन्।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिबाना गरेको अवस्थामा त्यस्ता पदाधिकारी संस्थामा कायम नरहेको र यदि रहे जरिवाना भुक्तानी गरेको अवधि ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने लगायत सर्त पनि केन्द्रीय बैंकको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते