जाडोयाम सुरु भए सँगै मानिसहरु आफ्नो शरीरको हेरचाह गर्न बढी ध्यान दिन्छन्। मानिसले छाला सुख्खा नहोस्, छालामा चिसो हावा र पानिले विभिन्न प्रभाव नपारोस् त्यसैका निम्त विभिन्न साैन्दर्यका सामाग्री प्रयोग गरिरहेका हुन्छन्।
बिज्ञापन
जाडोयाममा चिसो सिरेटोले हाम्रो छालामा पनि असर पार्न सक्छ। कपडाले ढाकेर पनि हात खुट्टाका छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ। तर अनुहारमा भने त्यो सम्भव हुँदैन। चिसो हावाका कारण अनुहार फुस्रो हुन थाल्छ। यस्तो अवस्थामा अनुहारको नाजुक छालामा साबुन प्रयोग गरियो भने छाला झनै रुखो हुन्छ।
बिज्ञापन
आज हामी तपाईँहरूलाई जाडो मौसममा अनुहारमा साबुनको सट्टामा प्रयोग गर्न सकिने केही चिजबारेमा बताउन गइरहेका छौँ। यी प्राकृतिक चिजहरूको प्रयोगले तपाईँ आफ्नो अनुहारलाई साबुनमा पाइने रसायनहरूबाट सुरक्षित राख्न सक्नु हुनेछ।
-यी चिजहरु प्रयोग गर्नुहोस्:
बिज्ञापन
१-दूध र मह मिश्रण
जाडो मौसममा छाला धेरै सुख्खा र फुस्रो हुन्छ। एक चम्चा दूधमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुस् र हल्का हातले मसाज गर्नुस्। त्यसपछि मनतातो पानीले मुख धुनुस्। यी दुवै कुराले छालालाई नरम बनाउने काम गर्छ।
२-बेसन र दही
बेसन र दही हरेक भान्सामा उपलब्ध हुन्छन् १–२ चम्चा बेसनमा १ चम्चा दही मिसाउनुस्। यसलाई राम्ररी मिसाएर पेस्ट बनाउनुस् अनि अनुहारमा लगाउनुस्। बिस्तारै बिस्तारै स्क्रब गर्नुस्। बेसन र दहीको पेस्टले छालालाई मुलायम राख्न राख्न मद्दत गर्छ।
३-ओट्स र दूध
ओट्सलाई पिस्नुस् अनि त्यसमा दूध हालेर पेस्ट बनाउनुस्। यसलाई अनुहारमा लगाउनुस्। ५ मिनेट पछि मुख धुनुस्। यसले छालालाई एक्सफोलिएट गरी नरम बनाउँछ। यसको प्रयोगले छाला पनि चम्किलो हुन्छ।
४-एलोवेरा जेल
यसलाई प्रयोग गर्न निकै सजिलो छ । सबैभन्दा पहिले ताजा एलोभेरा लिनुस् र यसबाट जेल निकालेर सिधै अनुहारमा लगाउनुस्। १० मिनेटपछि धुनुस्। एलोवेरा जेलले छालालाई हाइड्रेट गर्छ।
५-नरिवल तेल वा बदाम तेल
सुत्नुअघि नरिवल वा बदामको तेल अनुहारमा बिस्तारै लगाउनुस्। यसले प्राकृतिक मोइस्चराइजरको रूपमा काम गर्छ अनि छालालाई गहिरो पोषण दिन्छ।








