नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्।
बिज्ञापन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डा. बलबहादुर पराजुली र लक्ष्मण केसीलाई सञ्चालक सदस्यमा नियुक्त गरेका हुन्। मंगलबार मात्रै सञ्चालकद्धय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएको थियो। मन्त्री खड्काले रिक्त पदमा दुई सदस्य नियुक्त गरेका हुन्।
बिज्ञापन
पेसाले दुवैजना इन्जिनियर हुन् । केसी डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष छन्। यसअघि कार्यकाल सकिनुअघि आचार्य र पुनलाई हटाउन मन्त्री खड्काले निर्णय गरेका थिए। तर अदालतले मन्त्रीको निर्णयविरुद्ध आदेश दिएपछि उनीहरूले निरन्तरता पाएका थिए।








