सरकारले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले विकास ऋणपत्रमार्फत ६ वर्षे अवधिको आन्तरिक ऋण उठाउन लागेको हो।
बिज्ञापन
बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था वा आमनागरिकले खरिद गर्न सक्नेछन्।
बिज्ञापन
यसको निष्काशन भोलि, बिहीबार हुने कार्यालयले जानकारी दिएको छ। सरकारले उक्त ऋणपत्रको साँवा भुक्तानी २०८७ पुसमा गर्नेछ। उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा राखेर कर्जासमेत लिन पाइने छ।








