राष्ट्रिय स्वतन्त्र पार्टी(रास्पवा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ। सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आठौं पटक म्याद थपका लागि अदालतमा पेश गरिएको हो। गत बिहिबार अदालतले दिएको पाँच दिनको म्याद सकिएपछि आज फेरि पेश गरिएको हो।
बिज्ञापन
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थपका लागि अदालत पेश गरिनेछ। अन्तिम पटक म्याद थपेर पुस ५ गतेसम्म अभियोजन दर्ता हुनेछ। किनकी सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान।
बिज्ञापन
पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको पुस ५ मा ९० दिन पुग्दैछ। सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्दको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ। प्रतिवेदन अध्ययन विश्लेषण गर्नुपर्ने भएकाले म्याद थप गर्न लागिएको हो। अनुसन्धान प्रतिवेदनले रविसहित ५१ जनालाई प्रतिवादी बनाएको छ। रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो।
भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो। कार्तिक ४ गते अदालत पेश गरिएकोमा पाँच दिनको म्याद थप भयो । कात्तिक ८ गते सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। जिल्ला अदालतले तेस्रो पटक गत कात्तिक १६ गते १० म्याद थप गर्यो। चौथों पटक कात्तिक २५ गते १३ दिन म्याद थपिएको थियो। पाँचौं पटक मंसीर ९ गते १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दियो। मंसीर २३ गते जिल्ला अदालतले कास्कीले चार दिन हिरासतमा राख्न म्याद दिएको हो। सातौं पटक मंसीर २७ गते फेरि अदालतले पाँच दिन हिरासतमा राख्ने म्याद दिएको थियो। आज अन्तिम पटक म्याद थप हुनेछ।
बिज्ञापन
अब सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन विश्लेषण गरेर मुद्दा चलाउनुपर्ने भएमा अदालतमा अभियोग पत्र दर्ता गर्नेछ। संसदीय छानबिन विशेष समितिले पोखराको सूर्यदर्शन सहकारी लगायत पाँच सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो।
प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी), प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशीलगायतले रकम अपचलन गरेको औंल्याएको छ। त्यसैको आधारमा रवि र छवि पक्राउ परेका हुन् । मुख्य योजनाकार रहेका जीबी फरार छन्। गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेल भने सुर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका थिए। उनी अहिले पुर्पक्षका लागि थुनामा कास्की कारागारमा छन्।








