मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको हो। सोमबार तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।








