नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमु प्रालिबीच छुट सम्झौता भएको छ ।
बिज्ञापन
बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो । नेपाल बैंकका निक्षेपकर्ताले दराजबाट अनलाइन सामान किन्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।
बिज्ञापन
क्रेडिट कार्डबाट अग्रिम भुक्तानीमा भने १५ प्रतिशत वा अधिकतम २ हजार बराबरको छुट प्राप्त गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








