महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने भएको छ।
बिज्ञापन
बैंकले देशका सातवटै प्रदेशमा रहेका गैरबैंकिङ सम्पत्तिहरु लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो। यसरी लिलामी हुन लागेका सम्पत्तिहरुमा कोशीमा १९, मधेशमा २, बाग्मतीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३४ स्थानमा रहेका घर तथा जग्गा रहेका छन्।
बिज्ञापन
विभिन्न समयमा ऋण लिएर समयमा ऋण नतिरी कालोसूचीमा परेका सम्पत्तिहरु बैंकले आफ्नो नाममा सकारेर राखेको थियो। उक्त सम्पत्तिहरु लिलामीका लागि बैंकले यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो।
सो सम्पत्तिका लागि मंगलबारसम्म बोलबकोलमा सहभागी हुन सकिनेछ। यसमा सहभागी भएकाहरुको बोलपत्र बुधबार खोलिनेछ।
बिज्ञापन








