दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रकम खड्काले जानकारी दिए।
बिज्ञापन
लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान चार बजे दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो। उनलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा प्रहरीले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक रोशक विकको अवस्था सामान्य छ। उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।








