कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।
बिज्ञापन
आज गोलभेडा, बन्दा, मूला, सिमी, सागलगायतका केही तरकारी र फलफूलको भाउ बढेको छ। त्यसैगरी आज लोकल सानो गोलभेडाको भाउ प्रतिकेजी २० रुपैयाँले बढयेर ८५ रुपैयाँ पुगेको हो।
बिज्ञापन
त्यस्तै, टनेल गोलभेडाको भाउ ११० रुपैयाँ ५० पैसा पुगेको छ भने भारतीय सानो गोलभेडाको भाउ ७२ रुपैयाँ ५० पैसा, तराई सानो गोलभेडा १०५ रुपैयाँ ७५ पैसा, लोकल बन्दा ९५ रुपैयाँ र तराई बन्दाको भाउ ८५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
यसैगरी आज सेतो आलुको भाउ बढेर ५९ रुपैयाँ पुगेको छ भने रातो बन्दा प्रतिकेजी ५५ रुपैयाँ, सेतो लोकल मूला ४५ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो फर्सी ५५ रुपैयाँ, पिंडालू ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
बिज्ञापन
त्यसैगरी चमसूर, मेथी र सौफको साग ११० रुपैयाँ, लप्सी ५५ रुपैयाँ, ब्रोकाउली र बकूला १४५ रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।








