होमपेज > यी स्थानमा सवारी साधन पार्किङ निषेध

यी स्थानमा सवारी साधन पार्किङ निषेध

बिज्ञापन
बिज्ञापन

ललितपुर महानगरपालिकाले आफू मातहतको विभिन्न क्षेत्रलाई पार्किङ निषेध क्षेत्र घोषणा गरेको छ । सवारी साधनहरू तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवत जावत सहज बनाउन निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथुले जानकारी दिए ।

बिज्ञापन

महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । जसअनुसार मंगलबजार, सुनधारा, ग्वार्को सडक खण्ड र मंगलबजार, टंगल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि सवारी साधन पार्किङ निषेध गरिएको छ ।

बिज्ञापन

अत्यधिक सवारी साधनको पार्किङले गर्दा महानगरपालिका क्षेत्र भित्र रहेको सम्पदा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्स जस्ता आकस्मिक सवारी साधनलाई समेत आवतजावत गर्न असहज भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरले जनाएको छ । यस निर्णयको कार्यान्वयनसँगै विद्यालय तथा मन्दिरहरू भएकोले विद्यार्थी तथा भक्तजनहरूलाई आवतजावत गर्न सहज हुने, दुर्घटना न्यूनीकरण हुने महानगरको विश्वास रहेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते