नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयर धनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ।
बिज्ञापन
बैंकले ८३ हजार ७६ कित्ता संस्थापक शेयर धनीहरुको नाममा रहेको र सो शेयरलाई बिक्रीमा ल्याएको हो। यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।
बिज्ञापन
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर ४ गते) देखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्।








