होमपेज > एनसेलले तिर्यो ५ वर्षमा १ खर्ब ७० अर्ब कर

एनसेलले तिर्यो ५ वर्षमा १ खर्ब ७० अर्ब कर

बिज्ञापन
बिज्ञापन

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले पाँच वर्षमा भण्डै १ खर्ब ७० अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ। यो रकम सरकारलाई १५ वटा भन्दा बढि विभिन्न कर तथा सेवा शुल्कको शीर्षकहरु अन्तर्गत दाखिला गरिएको एनसेलले जनाएको छ।

बिज्ञापन

एनसेलले जीएसएम मोबाइल अनुमतिपत्र नविकरण शुल्क, आइएलडी अनुमतिपत्र नविकरण शुल्क, नेटवर्क सर्भिस्प्रोभाइडर नविकरण शुल्क, इन्टनेट सेवा प्रदायकको अनुमतिपत्र नविकरण शुल्क, दूरसञ्चार सेवा शुल्क, स्वामिन्व कर, भ्याट, भन्सार शुल्क, अग्रिम कर, रोयल्टी, ग्रामिण दूरसञ्चार कोषमा योगदान, फ्रिक्वेन्सी शुल्क लगायतका शीर्षकहरुमा यो रकम आर्थिक वर्ष २०७५-७६ देखि २०७९-७६ सम्ममा बुझाएको हो।

बिज्ञापन

यो अवधिमा सबैभन्दा बढी एनसेलले पुँजीगत लाभकर वापतको ४७ अर्ब बुझाएको थियो । त्यसैगरी, जीएसएम मोबाइल अनुमतिपत्र नविकरण शुल्कको २४ अर्ब, दूरसञ्चार सेवा शुल्कको २१ अर्ब, भ्याटको १४ अर्ब ७५ करोड, रोयल्टी ९ अर्ब ६५ करोड र फ्रिक्वेन्सी शुल्क ९ अर्ब ६५ करोड तिरेको थियो। यी पाँच आर्थिक वर्षमा एनसेलको कुल आय २ खर्ब २२ अर्ब रहेको थियो।

विवरण अनुसार एनसेलले आ.व २०७९–८० मा कुल ३८ अर्ब १५ करोड आम्दानी गरेको देखिन्छ। उसले तिरेको कर तथा शुल्क सो वर्षमा २० अर्ब १८ करोड रहेको देखिन्छ। सबैभन्दा बढी कर कम्पनीले आ.व २०७५–७६ मा तिरेको छ र सो हुनुको कारण पुँजीगत लाभकरको दाखिला रहेको स्रोतले जनायो। एनसेल सबैभन्दा ठूलो करदाता मध्येको एक कम्पनी हो।

बिज्ञापन

एनसेल स्रोतका अनुसार प्रत्येक वर्ष गरिने कुल आयको ५० प्रतिशत भन्दा बढि रकम सरकारलाई विभिन्न कर, शुल्क र राजश्व अन्तर्गत तिर्ने गरेको छ। “गत आर्थिक वर्ष २०८०-८१ को लेखापरिक्षण सम्पन्न भएपछि एनसेलको राजश्वमा योगदानको रकम झन बढ्ने छ,” स्रोतले भन्यो । स्थापनाकालदेखिको हिसाव गर्ने हो भने एनसेलले सरकारलाई विभिन्न शीर्षकमा रु ३ खर्बभन्दा बढी राजश्व तिरिसकेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते