नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ। निगमको शुक्रबार बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
बिज्ञापन
निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ। नयाँ मुल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ।
बिज्ञापन
निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ।









