डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो। यस अनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ।
बिज्ञापन
त्यस्तै सुर्खेत र दाङमा एक सय ४९ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ। निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन। आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ।








