होमपेज > चाडवाडका लागि भित्रियो ३२ करोड बढिको नरिवल

चाडवाडका लागि भित्रियो ३२ करोड बढिको नरिवल

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो।

बिज्ञापन

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा करिब रु एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए। भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए।

बिज्ञापन

विभागका तथ्यांकअनुसार रु २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, रु १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ। रु २० करोड ९८ लाखको छ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ। यस्तै, पिस्ता १२ हजार सात सय ७७ केजी रु रु एक करोड ४५ लाखमा, रु २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी,रु एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ।

४१ हजार पाँच सय ५० केजी अंजिर रु दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यस्तै, रु चार करोड ७४ लाख मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन्।

बिज्ञापन

विभागका अनुसार यसवर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ। तुलनात्मकरुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ। यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष तीन महिनामा सात लाख ७८ हजार पाँच सय ८२ थान बत्ती रु नौ करोड ८४ लाख मूल्यमा आयात भएको थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते