एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ। यो अफर अन्तर्गत तीनजना भाग्यशाली विजेताहरु हुनेछन् । यस्तो विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन्।
बिज्ञापन
योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबिबाट हितग्राही खाता खोलेर एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ। कात्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ। कात्तिक १३ गते राति ११:५९ बजेसम्म रजिस्ट्रेशन गरेकालाई मात्र लक्की ड्रमा पर्ने व्यवस्था गरिएको छ। योजनाका विजेताको घोषणा भने कात्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाईभ गरिनेछ।
बिज्ञापन
एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ।








