सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड बनाइरहेको छ।
बिज्ञापन
मंगलबार पनि छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा तोलामा १ हजार ५ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो।
बिज्ञापन
यसअघि यही आइतबार तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड बनाएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेर २ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








