ज्योति विकास बैंकले ठमेल प्लाजा होटल एण्ड स्विट्ससँग छुट सम्झौता गरेको छ। होटलअन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो।
बिज्ञापन
बैंकले काठमाडौंको ठमेलस्थित राम्दा इन्कोरमा १५% र पोखराको लेकसाइडस्थित दहिला बुटिक होटलमा १०%छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्।
बिज्ञापन
हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।








