होमपेज > काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

बिज्ञापन
बिज्ञापन

काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरूस बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

बिज्ञापन

त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरूस कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो स्कुल, जनसेवा मार्ग, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायतका ठाउँहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले सूचना जारी जानकारी दिएको छ।

ती क्षेत्रहरूमा ‘प्रिभेन्टिम मेन्टिनेन्सुका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत सेवा अवरूद्ध हुने पनि प्राधिकरणले जनाएको छ। निर्धारित समयभन्दा अगाडि नै काम सकिए तोकिएको समय अगावै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते