सानिमा बैंकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बिज्ञापन
सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रुद्रप्रुाद बन्जाराले जनाएका छन् ।
बिज्ञापन
बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४.३३ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।








