वरिष्ठ गीतकार विश्व वल्लभ भट्टराईको निधन भएको छ । ८० वर्षीय वल्लभको उपचारको क्रममा बुधबार मध्यान्नमा अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको हो ।
बिज्ञापन
४ दिन अघि घरमै मस्तिष्कघात भएपछि उपचारका लागि न्युरो अस्पताल भर्ना गरिएको थियो । गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत वल्लभको निधन भएको बताएका छन् ।उनको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठान लैजाने संगीतकार संघले जनाएको छ ।
बिज्ञापन
लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् ।
तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।








