होमपेज > माइक्रो अनियन्त्रित भई घरमा छिरेपछि…

माइक्रो अनियन्त्रित भई घरमा छिरेपछि…

बिज्ञापन
बिज्ञापन

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बिज्ञापन

आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो। गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।

बिज्ञापन

दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्। प्रहरी निरीक्षक थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका – ४ का २५ वर्षीय कुमार सन्यासी , यात्रुहरु सल्यानको शारदा नगरपालिका – ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका – ७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका – ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन् ।

गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते