काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।
बिज्ञापन
आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएको जानकारी गराएको हो । मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।
बिज्ञापन
प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् ।








