होमपेज > सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन मासिक तलब दिने

सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन मासिक तलब दिने

बिज्ञापन
बिज्ञापन

सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन प्रयास थालिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहरनै चलेपछि उक्त समस्या समाधानका लागि पहल थालेको हो।

बिज्ञापन

प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी भएको बताए। ‘केही प्रतियोगिता प्रदेशको प्रतिनिधित्व गरेर खेलेपछि अधिकांश क्रिकेट खेलाडी विभागीय टोलीमा जाने लहर नै छ,’ अध्यक्ष जोशीले भने, ‘उक्त समस्या समाधानका लागि र उत्कृष्ट खेलाडीलाई पनि सुदूरपश्चिम प्रदेशबाटै खेलाउन तलब दिने तयारी गरेका छौँ। पाँच जना खेलाडीलाई नेपाल क्रिकेट संघले दिने बताएको छ। अन्य १० जनालाई प्रादेशिक क्रिकेट संघले दिन्छ। असोजकै महिनाबाट १५ हजार रुपैयाँ तलब दिने हाम्रो योजना छ।’

बिज्ञापन

अध्यक्ष जोशीका अनुसार क्रिकेट खेलाडीलाई तलब दिन निजी क्षेत्रबाट प्रायोजक खोज्ने काम भइरहेको छ। ‘सुदूरपश्चिममा रहेका विभिन्न व्यापारिक घरनाले सहयोगको आश्वासन दिनुभएको छ,’ अध्यक्ष जोशीले भने, ‘सोही प्रायोजनबाट खेलाडीलाई तलब दिएर क्रिकेट खेलेरै जीविका चलाउन सक्ने योजनासहित प्रादेशिक क्रिकेट संघ लागेको छ।’ धनगढी नेपालमै क्रिकेटको शहरका रूपमा परिचित छ । सुदूरपश्चिम प्रदेशका थुप्रै खेलाडीले अहिले पनि नेपालको प्रतिनिधित्व गरेर क्रिकेट खेलिरहेका छन्।

यस्तै, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशका सबै जिल्लाको संयोजनमा फारवेस्ट क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने जनाएको छ। ‘एकेडेमी सञ्चालन गरेर राम्रा खेलाडी उत्पादन गर्ने हाम्रो योजना छ,’ प्रादेशिक अध्यक्ष जोशीले भने, ‘ग्रासरुटमा क्रिकेटको विकास गर्न विद्यालयस्तरीय १४ र १६ वर्षमुनिका पुरुष तथा महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्यालेण्डर पनि हामीले तयार गरेका छौँ।’

बिज्ञापन

अध्यक्ष जोशीका अनुसार फारवेष्ट लिग सञ्चालन गर्ने तयारमिा पनि प्रादेशिक क्रिकेट संघ जुटेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते