होमपेज > आजदेखि लगातार वर्षाको सम्भावना, दसैँसम्म पानी पर्ने

आजदेखि लगातार वर्षाको सम्भावना, दसैँसम्म पानी पर्ने

बिज्ञापन
बिज्ञापन

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

बिज्ञापन

मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ । अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिने भए पनि यो वर्ष लम्बिएको मौसमविद् मानन्धरले बताइन् । भारतमा पनि यो वर्ष मनसुन लम्बिएको बताउँदै उसले पनि अहिलेसम्म मनसुन सकिएको घोषणा नगरेको उल्लेख गरिन् । उनले भनिन्– ‘अघिल्लो वर्ष सेप्टेम्बर २३ मा मनसुन सकिने गरे पनि यो वर्ष अक्टोबरको पहिलो सातासम्म सक्रिय रहने अवस्था छ ।

बिज्ञापन

दसैँको सुरुवातसम्म वर्षा हुने प्रणाली सक्रिय देखिएको छ ।’ हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भागमा मौसम आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । सोमबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने, थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

रातिको समयमा कोशी, मधेस, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाएको छ । मङ्गलवार देशभर आंशिकदेखि साधरणतया बदली रहने, अधिकांश भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । यो वर्ष दसैँसम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले पनि यो वर्ष दसैँसम्म मनसुन बाहिरिने सम्भावना कम देखिएको उल्लेख गरेका छन् ।

बिज्ञापन

मौसम विज्ञान विभागले आगामी केही दिन देशभर मौसममा उतार चढाव भइरहने र वर्षाको सम्भावना रहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते