होमपेज > वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामै संकलन गर्यो २५ अर्ब राजस्व

वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामै संकलन गर्यो २५ अर्ब राजस्व

बिज्ञापन
बिज्ञापन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ।

बिज्ञापन

भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए। गत आवको भदौसम्ममा रु ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ करोड ९२ लाख ५७ हजार राजस्व संकलन भएको थियो।

बिज्ञापन

प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए। “विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उनले भने।

भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख संकलनको लक्ष्य लिए पनि रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो। कार्यालयका अनुसार गत आवको साउनमा रु १८ अर्ब ७० करोड ४० लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते