होमपेज > बसमा जीपीएस जडान गरिदै

बसमा जीपीएस जडान गरिदै

बिज्ञापन
बिज्ञापन

पोखराका विभिन्न रुटहरुमा चल्ने गाडीहरूमा जीपीएस जडान गरिने भएको छ। हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ स्वरूप पहिलो चरणमा पोखराको लामाचौरदेखि छोरेपाटन रुटमा प्रविधि जडान गर्न लागिएको हो।

बिज्ञापन

यो रुटका ६ ठाउँमा प्रविधिसहितको बसस्टप निर्माण गरिने छ भने ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ। हरित यातायात प्रणालीका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरा ल्याएर जडान गरिने महानगरले जनाएको छ। तोकिएका बस स्टपहरुमा इन्टरनेट र बिजुली बत्तीको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ। पहिलो चरणमा १८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउने छ।

बिज्ञापन

यसको पाइलोटिङसँगै आगामी दुई वर्षभित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने मेयर धनराज आचार्यले जानकारी दिए। परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटका १ हजार २८६ ठाउँमा बस स्टप निर्माण गरिनेछ। यस्तै, ३ ठाउँमा बस टर्मिनल निर्माण हुने आचार्यले सुनाए। यो प्रणाली विकास गरेसँगै पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन्। ‘यात्रुले लामो समय बस कुर्नुपर्दैन। चालकहरूले पनि जथाभाबी यात्रु चढाउन र ओराल्न पाउँदैनन्,’ उनले भने, ‘यसले पोखरामा समावेशी, दिगो र लचिलो यातायात प्रणालीको विकासमा टेवा पुग्छ।’

परियोजनामा कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेडसहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन्। यसकै सन्दर्भमा कोरियाको तर्फबाट तारकम को।लिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले मेयर आचार्यसँग बुधबार छलफल गरेका छन्। उनले एक महिनाभित्र सबै सामग्री नेपाल आइपुग्ने जानकारी गराए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते