सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लबअचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाण्डौमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उप–शाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो ।
बिज्ञापन
कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई स्वीकार गरि देशका विभिन्न ठाउँहरुबाट आएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई स्वागत गरेका थिए ।
बिज्ञापन

कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रतिआभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए । कम्पनीका डेपुटी सीईओ निराजन कंडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा आफ्नो धारणा राखेका थिए ।
बिज्ञापन
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
२००२ का मिस नेपाल माल्भिका सुब्बा कार्यक्रम सञ्चालिका रहेकी थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन पाँचका विजेता करन परियारले आफ्ना प्रस्तुतिहरू पस्किँदै कार्यक्रमको माहोलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि बीचबीचमा नृत्यको कार्यक्रम पनि समावेश गरिएको थियो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको फेसबुक पेज बाट







