होमपेज > नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच छुट सम्झौता

नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच छुट सम्झौता

बिज्ञापन
बिज्ञापन

नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।

बिज्ञापन

उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठ बीच आदानप्रदान भएको थियो। साथै नेपाल एसबिआई बैंक र होटेल क्रिस्टल पशुपति, काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।

बिज्ञापन

उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक (सेल्स एण्ड मार्केटिङ) रोशन सुवाल बीच आदानप्रदान भएको थियो।

उक्त सम्झौताहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्द्रिय कार्यालयमा भएको थियो। उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, विकास आनन्द, बैंकका सल्लाहकार, छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

बिज्ञापन

नेपाल एसबिआई बैंक लि‍.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते