होमपेज > चार वर्षअघि रोजगारीकालागि विदेश गएका युवक फर्कने क्रममा विमानस्थलमै मृत्यु

चार वर्षअघि रोजगारीकालागि विदेश गएका युवक फर्कने क्रममा विमानस्थलमै मृत्यु

बिज्ञापन
बिज्ञापन

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलगनारका रूपलाल चौधरी (लालु) को मलेसियाको क्वालालाम्पुर विमानस्थलमा मृत्यु भएको छ।

बिज्ञापन

वैदेशिक रोजगारीको सिलसिलामा चार वर्षअघि मलेसिया गएका चौधरी आइतबार साँझ नेपाल फर्कने क्रममा थिए। क्वालालाम्पुर विमानस्थलभित्र यात्रु प्रतीक्षालयमा उनी अचेत भएका थिए। लडेकै ठाउँमा उनको मृत्यु भएको मलेसियामै रहेका उनका भाइ लोकमणि चौधरीले परिवारलाई जानकारी गराएका छन्।

बिज्ञापन

उनका आफन्त घनश्याम चौधरीले मलेसियाबाट लोकमणिले दाजुको मृत्यु भएकोबारे परिवारलाई खबर गरेको जानकारी दिए। परिवारका सदस्यहरूले शव छिटो नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्। ‘घर फर्कन बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका दाजु लडेर मृत्यु भएको खबर लोकमणिले सुनाएका छन्,’ घनश्यामले भने, ‘हृदयघातका कारण उनको मृत्यु भएको भन्ने अस्पतालको भनाइ रहेछ।’ रूपलाललाई सामान्य ज्वरो पनि आएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते