होमपेज > प्रधान सेनापति प्रभुराम शर्माको बिदाई कार्यक्रमका (तस्वीरहरु)

प्रधान सेनापति प्रभुराम शर्माको बिदाई कार्यक्रमका (तस्वीरहरु)

बिज्ञापन
बिज्ञापन

करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधान सेनापतिको तीन बर्षे कार्यकाल सम्पन्न गरी यही भदौ २४ गतेबाट प्रभुराम शर्माले अवकाश लिएका छन् । प्रधान सेनापति प्रभुराम शर्माको सम्मानमा हिजो भदौ १९ गते जङ्गी अड्डामा विशेष समारोहका बिच बिदाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

बिज्ञापन

बिज्ञापन

कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण,आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधान सेनापति शर्माले पुर्‍याएको योगदानको चर्चा गरे । प्रधान सेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित समेत बताए । मन्तव्यकै क्रममा नयाँ प्रधान सेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देललाई बधाई ज्ञापन गरेका छन् ।

बिज्ञापन

रक्षा मन्त्रालय र नेपाली सेनाबिच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । यस्तैगरी कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको बस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए ।

नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन उनले प्रदर्शन गरेको दृढता र समर्पण भावको चर्चा गरे । प्रधान सेनापति शर्माले नेपाली सेनामा नेतृत्व रिवर्तन नियमित प्रक्रिया रहेको बताए । आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको भन्दै प्रशंसा गरे । संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव दिईने समेत उनले बताए ।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई सम्झना स्वरूप उपहार प्रदान गरेका थिए । यस्तै अशोकराज सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधान सेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरेका थिए । त्यस्तै, सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झना स्वरूप उपहार आदान प्रदान भएको थियो।

सो अवसरमा पूर्वप्रधान सेनापतिहरू, पूर्व रक्षा सचिवहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

यस अघि प्रधान सेनापति महारथी शर्माले कायममुकायम प्रधान सेनापति रथी सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधान सेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेको थियो । शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते