एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी सम्बन्धी सम्झौता भएको छ।
बिज्ञापन
उक्त सम्झौतामा चैत १२, २०८१ का दिन एनआइएमबि एस क्यापिटलका अध्यक्ष श्री सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक श्री बिमल कुमार सावरथिया बीचमा हस्ताक्षर भएको हो। यस साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिनको लागि थप मद्दत गर्नेछ।
बिज्ञापन
-नेपालको स्टील उद्योगको स्तम्भ:
सन् २००८ मा सौरभ ग्रुप अन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रूपमा रहेको छ। नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादन गर्न प्रतिबद्ध रहिआएको छ। यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्याउन सफल हुने कम्पनीको विश्वास रहेको छ।
-उत्कृष्टता हासिल गर्दै:
एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्याउनेछ। लक्ष्मी स्टील्सले नेपालको स्टील उद्योगमा आफ्नो बिस्तारलाई अझै मजबुत बनाउन र देशको आर्थिक प्रगतीकमा समेत योगदान पुर्याउने लक्ष्य राखेको छ।
बिज्ञापन
एनआइएमबी एस क्यापिटलका अध्यक्ष श्री सचिन टिवडेवालले आफ्नो विचार राख्दै भने, “लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। एनआईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ। यस लगानीको साथ हामी लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पुर्याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं।”
लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक श्री बिमल कुमार सावरथिया ले पनि यस सम्झौताबारे बोल्दै भने, “एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रो लागि एक सुनौलो अवसर हो । उहाँहरुको विशेषज्ञता र पूँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ । यसका साथसाथै हामी स्टील उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दैछौँ।”
एनआईबिएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टील्स लिमिटेड बीचको यो साझेदारी नेपालको औद्योगिक क्षेत्रका विकासको लागि एक महत्वपूर्ण कदम हो। वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दै यो साझेदारीले सरोकारवालाहरूलाई दीर्घकालीन फाइदा पुर्याउन र देशको पूर्वाधार लक्ष्यहरूलाई अगाडि बढाउने उद्देश्य राखेको छ।








