होमपेज > मोटरसाइकल चोरी गर्ने ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरी गर्ने ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

नुवाकोट घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल र मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट तथा पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९० १९ राखी चलाइ रहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

त्यसै गरी वास्तविक नम्बर सुदूरपश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ७७ १५ नम्बर राखी चलाइ रहेको अवस्थामा फेला पारी शर्मालाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

त्यस्तै सुदूर पश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डढेल्धुराको पर्शुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बर सिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए । नियन्त्रणमा आएका फुयाँल र स्याङ्तानलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार र शर्मालाई प्रहरी वृत्त कीर्तिपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते