होमपेज > सिर्सिया नाकाबाट चौध करोडभन्दा बढीको अचार निर्यात

सिर्सिया नाकाबाट चौध करोडभन्दा बढीको अचार निर्यात

बिज्ञापन
बिज्ञापन

मुलुक चरम आर्थिक मन्दीमा गैरहेको बेला वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १४ करोडभन्दा बढीको अचार निर्यात भएको छ । विभिन्न नेपाली ब्रान्डका अचार तेस्रो मुलुकतर्फ निर्यात भएको बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ ।

बिज्ञापन

भन्सार कार्यालयका प्रवक्ता सुशीलप्रसाद शर्माले अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट १० करोड ३ लाख रुपैयाँ बराबरको १ लाख ४६ हजार किलो अचार निर्यात भएको बताएका छन् । यो नाका हुँदै बर्सेनि नेपाली अचारको निकासी बढ्दो क्रममा रहेको उनको भनाइ छ

बिज्ञापन

‘तेस्रो मुलुकमा बर्सेनि विभिन्न नेपाली ब्रान्डको माग र त्यसैअनुरूप निकासीसमेत बढ्दो क्रममा छ,’ शर्माले भने, ‘पछिल्लो केही वर्षयता नेपाली महिलामा बढेको उद्यमशीलता र उनीहरूले उत्पादन गरेका विभिन्न ब्रान्डका अचारले विशेषगरी तेस्रो मुलुकमा बस्ने नेपाली उपभोक्ताबीच लोकप्रियता कमाएको छ । त्यसैको परिणाम नेपाली अचारको माग विदेशमा बढेको छ ।’ शर्माका अनुसार अस्ट्रेलिया नेपालबाट अचार निर्यात हुने मुलुकमा पहिलो नम्बरमा रहेको छ । नेपाली उत्पादन निर्यातलाई प्रोत्साहन गर्न न्यूनतम भन्सार शुल्क लाग्ने गरेको शर्मा बताउँछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते