होमपेज > ८३ हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावर मारेर मासु वितरण

८३ हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावर मारेर मासु वितरण

बिज्ञापन
बिज्ञापन

भोकमरी बढेपछि नामिबियाले ८३ वटा हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावरलाई मार्ने योजना बनाएको छ ।

बिज्ञापन

नामिबियाले जङ्गली जनावर मारेर तीव्र खडेरीका कारण खाना पाउन सङ्घर्ष गरिरहेका मानिसहरूलाई मासु वितरण गर्ने योजना बनाएको वातावरण मन्त्रालयलार्य उद्र्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले राष्ट्रिय निकुञ्ज र सामुदायिक क्षेत्रका जनावर मार्ने योजना बनाएको छ । चरन क्षेत्र र पानी कम भएका तर जनावर धेरै भएका जङ्गलका जनावर मारिने खबरमा उल्लेख छ । नामिबियाले मार्ने जनावरमध्ये ८३ वटा हात्ती रहेका छन् ।

बिज्ञापन

यस्तै,४० वटा जलगैँडा, ६० वटा अर्ना, १ सय ५० वटा जरायो, १ सय वटा निलगाई र तीन सय वटा जेब्राघोडा मारिने जनाएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार दशकौँदेखि सबैभन्दा खराब खडेरीको सामना गरिरहेको नामिबियाले गएको महिना आफ्नो खाद्य भण्डारको ८४ समाप्त गरिसकेको छ । आउँदा महिनाहरूमा नामिबियाको लगभग आधा जनसङ्ख्याले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने राष्ट्र संघले चेतावनी दिएको छ । यदि सरकारले भोकमरीको समस्या समाधान नगरेमा मानव–वन्यजीव द्वन्द्व बढ्ने जोखिम छ ।

यसअघि नै सरकारले एक सय ५० जना जनावर मारेर ५७ हजार किलोग्राम मासु नागरिकलाई वितरण गरिसकेको छ । आफ्नो देशले जङ्गल र जनावरको निकै संरक्षण गरिरहेको भन्दै नामिबियाको वातावरण मन्त्रालयले पर्यावरण र विविधतामा फरक नपर्नेगरी सिकार गरेर नागरिकलाई मासु वितरण गरिने जनाएको छ । दक्षिण अफ्रिकाका पाँच देशहरू जिम्बावे, जाम्बिया, बोत्सवाना, एन्गोला र नामिबियामा फैलिएको संरक्षण क्षेत्रमा दुई लाख वटा भन्दा धेरै हात्तीहरू बस्ने अनुमान छ । गएको वर्ष बोत्सवाना र जिम्बावेमा खडेरीका कारण सयौँ हात्ती मरेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते