होमपेज > प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी

प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् ।

बिज्ञापन

१४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डा. सुन्दरप्रसाद ह्योजुले पाएका छन् । प्रमुखविहीन भएको एक महिना बित्दासम्म सरकारले एआईजी बढुवाको तयारी गरेको छैन । प्रहरी बढुवाका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति रहेको छ । समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ ।

बिज्ञापन

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी बढुवाका लागि छुट्टै समिति हुने भएकाले आफू यसबारे जानकार नभएको प्रतिक्रिया दिए । उक्त समितिले अस्पताल प्रमुखविहीन भएको एक महिना बितिसक्दा समेत कसैलाई पनि बढुवाका लागि सफारिस गरेको छैन । साउनदेखि असोजसम्म कार्य सम्पादन मूल्यांकन (कासमू) फारम भर्ने समय भएकाले बढुवा नगरिएको दाबी प्रहरी प्रधान कार्यालयको छ ।

प्रहरीमा हरेक वर्ष ६ साउनदेखि २२ असोजसम्म कासमू भर्ने चलन छ । यो समयमा कासमू भर्ने र त्यसवापत कसले कति अंक पायो भनेर संकलन गर्ने गरिन्छ । यसैलाई कारण देखाउँदै बढुवाको प्रक्रिया अघि नबढाइएको दाबी प्रहरी प्रधान कार्यालयको छ । यो दाबी अनुसार बढुवा नहुने हो भने अझै साढे तीन महिना प्रहरी अस्पताल निमित्तको भरमा चल्नेछ । तर यही बीचमा यही बढुवा समितिको सिफारिसमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई एआईजीमा बढुवा गरिएको छ । २२ साउनको मन्त्रिपरिषद् निर्णय अनुसार जोशीलाई एआईजीमा बढुवा गरिएको थियो । कासमूलाई कारण देखाए पनि अहिलेको बढुवा रोकिनुको मुख्य कारण भने कसलाई एआईजी बनाउने भन्नेमा सहमति हुन नसकेको प्रहरी स्रोत बताउँछ ।

बिज्ञापन

अस्पताल प्रमुख बन्न ३ डीआईजीको प्रतिस्पर्धा

प्रहरी अस्पताल प्रमुख बन्न अहिले तीन जना डीआईजी प्रतिस्पर्धामा छन् । जसमा एनेस्थेसिया विभाग प्रमुख डा। सुन्दरप्रसाद ह्योजु, जनरल सर्जरी विभागका प्रमुख डा. सञ्जयबिक्रम श्रेष्ठ र हाडजोर्नी विभागका प्रमुख डा। गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धामा रहेका तीनै जना २०५९ सालमा प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरु हुन् । ह्योजु र ठाकुर प्राविधिकतर्फको १३ औं ब्याचका हुन् भने श्रेष्ठ १४ औं ब्याचका अधिकृत हुन् । सशस्त्र युद्धका कारण १४ औं ब्याच त्यसबेला उनीसँगैका ब्याचीले तालिम गर्न नमानी पछि परेका थिए र श्रेष्ठले १३ औं ब्याचसँग २०५९ सालमा तालिम गरेका थिए । ‘त्यसबेला आफ्नै ब्याचीहरु तालिम गर्न नमानी बसेको अवस्थामा मैले १३ औं ब्याचीसँगै तालिम गरेको हो । एसएसपीसम्म पनि सँगै बढुवा भएको हो’, श्रेष्ठले भने ।

जागिर प्रवेश गरेको करिब ४ वर्षमा उनीहरु प्रहरी नायव उपरीक्षक ९डीएसपी०मा बढुवा भएका थिए । त्यति बेला ह्योजु र ठाकुरसँगै डीएसपी बढुवा भएका थिए भने श्रेष्ठ छुटेका थिए । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० तीनै एउटै मितिमा सँगै बढुवा भएका थिए । डीआईजीमा भने ह्योजुको एकल बढुवा भएको थियो । डीआईजीको १ पद रिक्त भएकाले २०७६ मा उनको एकल बढुवा भएको थियो । त्यसको करिब डेढ वर्षपछि १८ पुस २०७८ मा श्रेष्ठ पहिलो नम्बरमा र ठाकुर दोस्रो नम्बरमा डीआईजी बढुवा भएका थिए ।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते